हस्तकला उद्योग व्यवसायको बस्तुस्थिति अध्ययन अवलोकन
देशका विभिन्न जिल्लाहरुमा हस्तकलाको संस्थागत विकास, हस्तकलाको वस्तुस्थिति अध्ययन, स्थानीय हस्तकलाको पहिचान र उपत्यका बाहिरका जिल्लाहरुमा हस्तकला प्रवर्द्धनको लागि महासंघले खेल्न सक्ने भूमिकाको बारेमा तीन चरणमा स्थलगत अध्ययन अवलोकन भ्रमण गरिएको थियो। पहिलो चरणमा नेपाल हस्तकला महासंघका प्रथम उपाध्यक्ष एवं संस्थागत विकास समितिका सभापति श्री विकासरत्न धाख्वाको नेतृत्वमा ८ सदस्यीय टोलीद्वारा २०६५ आषाढ ७ देखि १० गतेसम्म बाग्लुङ्ग, म्याग्दी र तनहुँमा, दोश्रो चरण अन्तर्गत महासंघका द्वितीय उपाध्यक्ष श्री हेमरत्न शाक्यको नेतृत्वमा ७ सदस्यीय टोलीद्वारा २०६५ आषाढ १३ देखि १६ गतेसम्म चितवन, पाल्पा र कास्कीमा र तेश्रो चरणमा महासंघका अध्यक्ष श्री पुष्करमान शाक्यको नेतृत्वमा पूर्व अध्यक्ष, कार्य समिति सदस्य, निर्यातकर्ता, संस्थागत विकास समितिका सदस्य र कर्मचारी सम्मिलित ७ सदस्यीय टोलीद्वारा २०६५ आषाढ २० देखि २५ गतेसम्म नारायणगढ, मकवानपुर (हेटौंडा), झापा (दमक), सुनसरी (धरान), धनुषा (जनकपुर) र गोरखामा स्थलगत अध्ययन अवलोकन भ्रमण गरियो।
टोलीद्वारा ती स्थानहरुमा भएका उद्योग वाणिज्य संघ र जिल्ला हस्तकला संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं स्थानीय हस्तकला उद्यमी व्यवसायीहरुको उपस्थितिमा अन्तरक्रिया गरी तहाँको स्थानीय हस्तकलाको वस्तुस्थितिबारे जानकारी हासिल गरिएको थियो। उक्त अवसरमा स्थानीय हस्तकलाको विकास तथा बजार प्रबर्द्धनको विषयमा भ्रमण टोली संघका पदाधिकारी तथा स्थानीय सहभागी हस्तकला उद्यमी व्यवसायीहरुबीच छलफल तथा विचार विमर्श भएको थियो। यस क्रममा स्थानीय सम्बन्धित उद्योग वाणिज्य संघ तथा हस्तकला संघहरुले स्थानीय हस्तकलाको प्रबर्द्धनका लागि छुट्टै हस्तकला समिति गठन गरी सक्दो पहल गर्दै आएको र गर्दै जाने बताउँदै आगामी दिनमा पनि महासंघ र स्थानीय संघहरुसंगको सहकार्यमा प्रभावकारी रुपमा समयसापेक्ष स्थानीय हस्तकला प्रबर्द्धनका लागि कार्यक्रम गर्दै जाने कुरामा सहमति भएको जनाइएको छ। अध्ययनको क्रममा म्याग्दी जिल्लामा स्थानीय ह्स्तकलाको संगठित विकास एवं प्रबर्द्धन गर्दै जाने उद्देश्यले स्थानीय हस्तकला उद्यमी श्री साधनाकुमारी श्रेष्ठको संयोजकत्वमा निम्न १० सदस्यीय म्याग्दी हस्तकला संघ तदर्थ समिति गठन गरिएको छ :
क्र.सं नाम पद
१ श्री साधनाकुमारी श्रेष्ठ संयोजक
२ श्री निर्मला श्रेष्ठ सदस्य
३ श्री सगुन कसजू ,,
४ श्री श्रीमाया पाइजा ,,
५ श्री भरीमा छन्त्याल ,,
६ श्री चन्द्रकुमारी पाइजा ,,
७ श्री दिलकुमारी पुन ,,
८ श्री आशा गर्बुजा ,,
९ श्री शंकर सुवेदी ,,
१० श्री खगराज शर्मा ,,
त्यसैगरी भ्रमणको क्रममा गोरखा जिल्लामा स्थानीय ह्स्तकलाको संगठित विकास एवं प्रबर्द्धन गर्दै जाने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री बसन्तराज श्रेष्ठको संयोजकत्वमा निम्न ८ सदस्यीय गोरखा हस्तकला संघ तदर्थ समिति गठन गरिएको छ :
क्र.सं नाम पद
१ श्री बसन्तराज श्रेष्ठ संयोजक
२ श्री शीतलकाजी मास्के सल्लाहकार
३ श्री तुल्सी देवकोटा सदस्य
४ श्रीमती सुशीला श्रेष्ठ ,,
५ सुश्री विनदेवी श्रेष्ठ ,,
६ श्री नेत्रबहादुर श्रेष्ठ ,,
७ श्री टेकबहादुर गुरुङ्ग ,,
८ सुश्री सरीता अर्याल ,,
क्त तदर्थ समितिका सदस्य श्री नेत्रबहादुर श्रेष्ठ शारीरिक रुपमा अपाङ्ग भएता पनि मानसिक रुपमा सपाङ्गहरुभन्दा कम नभएको उहाँले तयार गरेका सिद्धहस्त हस्तकलाका वस्तुहरुले पुष्टि गर्दछ। आफूमा भएको विशेष सीपले उहाँले राष्ट्रिय घरेलु प्रदर्शनी २०६५ को उत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ। सो तदर्थ समितिमा उहाँलाई सदस्यको रुपमा पाउँदा नेपाल हस्तकला महासंघले गौरव महशुश गरेको छ।
विभिन्न जिल्लाहरुको स्थलगत अवलोकन भ्रमणबाट महासंघ र स्थानीय हस्तकला एवं उद्योग वाणिज्य संघहरुबीच राम्रो सम्बन्ध विकासमा टेवा पुग्ने र स्थानीय हस्तकलाको वस्तुस्थिति सम्बन्धी जानकारी प्राप्त भई आपसी संजाल विकास गरी आउने दिनमा नै हस्तकलाको प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दिलिप खनाल
कार्यकारी सचिव