Circulars
Export Stastics
Subscribe Newsletter

Your Email


   
Press Releases
Details of Press Release
कामदार / कर्मचारीहरुको न्यूनतम पािरश्रमिक सम्बन्धी व्यवस्था
 
 हस्तकला उद्योग व्यवसायले देशमा १० लाखभन्दा बढि व्यक्तिलाई रोजगारी प्रदान गरी रहेको छ।  यो उद्योग व्यवसाय अत्यन्त थोरै पूँजी र स(सानो प्रविधि प्रयोग गरी घर घरमा संचालन भई रहेको छ। यो  क्षेत्र अन्य ठुला मझौला उद्योग जस्तो संगठित अवस्थामा पुगी सकेको छैन। यो व्यवसाय सीप प्रधान र श्रममूलक व्यवसायको रुपमा रही आएको छ।  
हस्तकला क्षेत्र ठ'ला तथा मझौला उद्योग व्यवसायभन्दा पृथक पहिचान बोकेको भिन्नै प्रकृतिको व्यवसाय भएकाले यसलाई ठ'ला तथा मझौला उद्योगका कामदार श्रमिकहरुसंग तुलना नगरी छुट्टै वर्गीकरणभित्र राखी न्यूनतम तलब सुविधा निर्धारण गर्न नेपाल सरकार लगायत अन्य सरोकारवालाहरुसँग हार्दिक अपिल गर्दछौं। 
 
        
धर्मराज शाक्य         
महासचिव