Circulars
Export Stastics
Subscribe Newsletter

Your Email


   
Press Releases
Details of Press Release
हस्तकला उद्यमीहरुका लागि बैंकिंग जागरण कार्यक्रम

नेपालमा कृषि तथा ग्रामिण अर्थतन्त्र विकासका लागि आवश्यक वित्तिय सेवा प्रदान गर्न कृषि विकास बैंकले विगत ४१ वर्षदेखि समयसापेक्ष विभिन्न कार्यहरु गर्दै आएको छ। यस बैंकले वि.सं. २०४१ देखि उपभोक्ताहरुको माग अनुरुप वाणिज्य बैंकंग कारोबार संचालन गर्दै आएको छ। देशको ७५ वटै जिल्लामा गरी २४१ कार्यालय रहेको यस बैंकले समयसापेक्ष रुपमा कृषि, ग्रामिण लगायत अन्य क्षेत्रका व्यवसायीहरुको हित पबर्द्धनका लागि कार्य गदै आएको छ। यस क्रममा कृषि विकास बैंक लि. र यस महासंघको संयुक्त आयोजनामा २०६५ माघ ६ गते काठमाडौंमा हस्तकला उद्यमी व्यवसायीहरुका लागि बैंकिंग जागरण कार्यक्रम आयोजना गरियो।
उक्त अवसरमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनकराज शाहले कार्यक्रमको उद्देश्य एवं बैंकको कार्यक्षेत्र एवं हस्तकला क्षेत्रमा यसको उपयोगिताबारे प्रकाश पार्नुभयो। साथै उहाले स्वदेशी सीप एवं श्रोत र साधनको परिचालनबाट धेरैलाई स्वरोजगार प्रदान गर्ने क्षेत्र हस्तकला भएको हुदा यसमा संलग्न उद्यमी व्यवसायीहरुलाई सहज एवं सहुलियत कर्जाको व्यवस्था गर्न सो बै.कले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यस क्रममा कृषि विकास बैंकसंग सहकार्य गरी यस प्रकारको उपयोगी कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस महासंघका अध्यक्ष श्री पुष्करमान शाक्यले हस्तकला क्षेत्र एवं यसमा संलग्न साना उद्यमी व्यवसायीहरुको व्यवसायिक हित एवं प्रबर्द्धनका लागि आउने दिनमा आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो। यस क्रममा उहाले बैंकको सेवामा ढिलासुस्ती र प्रक्रियागत झन्झट हुने गरेको उल्लेख गर्दै बैंकको सेवा एवं कारोबारमा समयसापेक्ष सुधार गर्न आग्रह गर्नुभयो। यसैगरी सो अवसरमा बैंक कार्यक्रममा सहभागीहरुलाई कृषि विकास बैंकको वर्तमान कारोबार वस्तुस्थिति, कार्य, प्रणाली, कर्जा रणनीति तथा सेवाबारे सहभागीहरुलाई विविध जानकारी प्रदान गरियो यस क्रममा सो बैंकमा कार्यरत शाखा प्रमुख एवं विज्ञहरु श्री मृगेन्द्र रिमालले बैंकिंग प्रणाली तथा निक्षेप कारोबार सम्बन्धमा र श्री तोयनाथ पाण्डेले बैंकको कर्जा सेवा तथा बैंकको सेवा सम्बन्धी विस्तृत जानकारी गराउनु भयो।
विज्ञहरुबाट विषयगत प्रस्तुतिपश्चात सहभागीहरुले विभिन्न जिज्ञासाहरु राखिएकोमा सम्बन्धित विज्ञहरुबाट पारिएको थियो। कार्यक्रममा महासंघका पदाधिकारी, कार्य समिति सदस्य, सो बैंकका पदाधिकारी लगायत विभिन्न विधाका हस्तकला व्यवसायमा संलग्न उद्यमी व्यवसायीहरु गरी ४० जनाको सहभागिता रहेको थियो।  
 
देवराज बज्राचार्य
सहायक सचिव