Circulars
Export Stastics
Subscribe Newsletter

Your Email


   
Press Releases
Details of Press Release
सूचना प्रविधिको विकासले आज कुने पनि वस्तु वा उत्पादनबारे सहज एवं प्रभावकारी प्रचार प्रसार एवं बजार प्रबर्द्धन गर्न सक्ने तुल्याएको छ। आज इन्टरनेट अर्थात विद्युतीय संचार माध्यमको प्रयोगबाट आवश्यकता अनुसार आफ्ना कुनै पनि उत्पादन एवं सेवाहरुबारे बिना झन्झट छोटो समयमा विश्व बजारमा प्रबर्द्धन गर्न सकिन्छ। यसै मार्फत सम्भाव्य उपभोक्ता वा आयातकर्ताबारे जानकारी प्राप्त गरी व्यवसायिक सम्बन्ध स्थापित गर्न सकिन्छ। यसै सन्दर्भमा यस महासंघका सदस्य एवं हस्तकला उद्यमी व्यवसायीहरुलाई इन्टरनेटको सही प्रयोग तथा वेबसाइटबाट हस्तकला वस्तुको प्रचार एवं बजारीकरण गरी निकासी व्यापार प्रबर्द्धन गर्न सक्षम तुल्याउने उद्देश्यले यस महासंघको निर्यात समितिको संयोजनमा २०६५ चैत्र २३ गते ललितपुरमा वेबसाइटबाट हस्तकलाको बजारीकरण सम्बन्धी एक दिने अभिमुखकिरण कार्यक्रम आयोजना गरियो। 
 
प्रारम्भमा उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्दै यस महासंघका कार्यवाहक अध्यक्ष एवं हस्तकला डिजाइन तथा विकास केन्द्रका सभापति श्री विकासरत्न धाख्वाले कार्यक्रमको महत्व एवं उद्देश्यबारेे प्रकाश पार्नुभयो। सो क्रममा व्यापार प्रबर्द्धनमा विद्युतीय संचार माध्यमको उपादेयताबारे चर्चा गर्दै उहाँले वर्तमान परिप्रेक्ष्यमा हस्तकलाको व्यापक प्रचार गरी बजार प्रबर्द्धन गर्न इन्टरनेट सहज एवं उपयुक्त माध्यम भएको बताउँदै सम्बन्धित सबै यसको उपयोगबारे सुसूचित हुनु तथा व्यवहारमा प्रयोग गर्नु आवश्यक भएको बताउनु भयो। साथै कार्यक्रममा विज्ञबाट विषयगत जानकारी लिई आफ्नो व्यवसाय प्रभावकारी बनाउन व्यवस्थापन संयन्त्रको रुपमा लिन पनि आग्रह गर्नुभयो। उक्त अवसरमा कार्यक्रमको विषयवस्तुबारेमा जानकारी गराउँदै विषयविज्ञ एवं कार्यक्रमका श्रोतव्यक्ति श्री सुरेन्द्र शाहीले सूचना प्रविधिको द्रुतत्तर विकासले गर्दा विभिन्न सूचना प्रविधि सम्बन्धी उपकरण, सफ्टवेयरको विकास भई अनलाइन सेवाको प्रचुर विकास विकास हुँदै आएको क्रममा समयसापेक्ष यस सम्बन्धी सीप एवं दक्षता हासिल गरी व्यापार प्रबर्द्धनमा प्रयोग गर्नुपर्ने बताउनु भयो। 
 
तत् पश्च्ाात उहाँले विषयगत जानकारी प्रस्तुत गर्नुभयो। सो क्रममा उहाँले सहभागीहरुलाई अनलाइन ओपन इन्ट्रीबाट कसरी आफ्नो कम्पनीको वेबसाइट बनाउने, यसमा कसरी विवरणहरु, वस्तुहरुको फोटोहरु राखी प्रचार प्रसार गर्ने, यसको विशेषता, फाइदा, संचालन प्रक्रिया के हुन भन्नेबारे विविध जानकारी प्रदान गरिएको थियो। जानकारी प्रस्तुतीको क्रममा सहभागीहरुलाई openentry.com साइटमा गई निःशुल्क रुपमा ाफ्नो कम्पनीको वेबसाइट बनाउने, यसबाट अन्य नेटवर्क बजारसंग सम्पर्क (linkage) स्थापित गर्नेबारेमा प्रक्रिया सम्बन्धी जानकारी गराउनुका साथै अन्य कम्पनीहरुको वेबसाइटबारे जानकारी गराएको थियो। कार्यक्रममा हस्तकला क्षेत्रमा संलग्न ४० भन्दा बढी उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा राखिएकोमा श्रोतव्यक्तिबाट स्पष्ट पारिएको थियो भने आउने दिनमा सहभागीहरुलाई व्यवहारिक रुपमा विषयगत दक्षता विकास गर्न श्रोतव्यक्तिबाट आवश्यक प्रशिक्षण गराउनुका साथै सक्दो सहयोग गर्ने बताउनु भयो। 
 
कार्यक्रमको अन्तमा श्रोतव्यक्ति, सहभागी लगायत सम्बद्ध सबैमा धनयवाद ज्ञापन गर्दै महासंघको निर्यात समितिका सभापतिले श्री हरिबहादुर कार्कीले वर्तमान सूचना प्रविधिको युगमा समय सुहाउँदो सूचना प्रविधि सम्बन्धी सीप सिकी व्यवहारमा उतार्न र व्यवसायिक प्रबर्द्धन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो। 
 
 
           देवराज बज्राचार्य 
            सहायक सचिव