Circulars
Export Stastics
Subscribe Newsletter

Your Email


   
Press Releases
Details of Press Release

मितिः २०६६/३/७

प्रेस विज्ञप्ती

 

विद्यमान श्रम समस्या सम्बन्धमा एमाले अध्यक्षज्यूलाई ज्ञापन पत्र

 

कम लागतमा स्वदेशी श्रम, श्रोत तथा साधनको प्रयोग गरी उत्पादन हुने र धेरैलाई स्वरोजगारको अवसर प्रदान गर्ने हस्तकला उद्योग व्यवसायले देशको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यसको मौलिक विशेषताले गर्दा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा यसले नेपालको पहिचान गराउनुका साथै यसको निकासीबाट नेपाललाई अत्याधिक विदेशी मुद्रा समेत आर्जन भएको छ। यद्यपि श्रमिक हक हित स्थापित गर्ने क्रम श्रमसंग सम्बन्धित संघ संस्थाहरुबाट व्यवसाय संचालन अवरोध हुने गतिविधिहरु संचालन हूदै आएको सर्वविदितै छ। यस सिलसिलामा श्रम संगठनको आडमा श्रमिकहरुले हस्तकलाा क्षेत्रमा संलग्न उद्योगी व्यापारीहरुलाई नाजायज मागहरु राखी धम्काउने, तनाव दिने तथा व्यवसाय संचालन गर्न नदिने जस्ता दबाबहरु दिंदै आएका छन्। यसै क्रममा अखिल नेपाल धातु मजदूर संघद्वारा विभिन्न नाजायज माग राखी हस्तकला उद्योगी व्यवसायीहरुलाई र्दिदै आएको धम्की तथा दबाब तत्काल बन्द गरी सहज एवं मैत्रीपूर्ण व्यवसायिक वातावरण बनाई हस्तकला उद्योग व्यवसाय संचालनका लागि पहल गर्न नेपाल हस्तकला महासंघका अध्यक्ष श्री पुष्करमान शाक्यको नेतृत्वमा महासंघका पदाधिकारी, कार्य समिति सदस्य, पूर्व अध्यक्ष, हस्तकलासंग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा पीडित हस्तकला व्यवसायीहरु सम्मिलित प्रतिनिधिमण्डको टोलीले २०६५ आषाढ ७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष श्री झलनाथ खनालज्यूलाई भेटी ज्ञापन पत्र बुझाएको छ। 

 

उक्त अवसरमा महासंघका अध्यक्ष एवं टोली प्रमुखले एमालेका अध्यक्षलाई आर्थिक एवं स्वरोजगार अभिबृद्धिमा हस्तकला क्षेत्रको योगदान र यसकेा व्यवसायिक वस्तुस्थितिबारे जानकारी गराउँदै वर्तमान परिवेशमा धातु मजदुर संघ लगायत श्रमिक संघहरुको नाजायज माग एवं दबाबका कारण हस्तकला उद्योग व्यवसायको संचालनमा नकारात्मक प्रभाव पारेको बताउनु भयो। साथै उहाँले हाल भारत तथा चीनमा नेपाली हस्तकलाको निकासीमा विद्यमान समस्याबारे अवगत गराउँदै विद्यमान श्रमिक समस्या तथा अन्य समस्या निराकरण गरी हस्तकला निकासी प्रबर्द्धनका लागि आवश्यक पहल गर्न अपील गर्नुभयो। सो अवसरमा आफ्ना भनाई राख्दै यस महासंघका पूर्व अध्यक्ष श्री इन्द्रबहादूर शाक्यले विद्यमान समस्याको तत्काल समाधान नभए हस्तकला व्यवसाय संचालन ठप्प हुने र निकासीमा गम्भीर असर पर्ने बताउनु भयो। यसैगरी यस महासंघका महासचिव श्री धर्मराज शाक्यले हस्तकला सीप र दक्षतामा आधारित उद्योग भएको भएको हुँदा सरकारले विद्यमान समस्याको तत्काल समाधान गर्न र यसको विकासमा जोड दिनुपर्ने बताउनु भयो। यस क्रममा महासंघको उद्योग समितिका सभापति श्री वेदराज ज्ञवालीले समग्र श्रम सम्बन्धी मातृ संगठनको आडमा भातृ संगठनहरुले हस्तकला जस्तो सानो एवं घरेलु उद्योग संचालनमा अवरोध पुर्‍याएकोमा राजनैतिक पार्टी तथा सरकारले विशेष ध्यान दिई त्यस्तो कदम तत्काल रोक्नुपर्ने बताउनु भयो। उक्त अवसरमा सहभागी विभिन्न हस्तकला संघ संस्थाका प्रतिनिधि लगायत पीडित हस्तकला व्यवसायीहरुले आफ्ना समस्याहरु व्यक्त गरेका थिए। अन्तमा सहभागीहरुबाट व्यक्त भनाई एवं विद्यमान समस्याबारे आफुले मनन गरेको बताउँदै एमाले अध्यक्ष श्री झलनाथ खनालले वर्तमान अवस्थामा देश संक्रमण अवस्थामा रहेको चर्चा गर्दै सम्भाव्य परिणाम हासिल गर्न शान्ति, प्रजातन्त्र, विकास तथा सम्बर्द्धनलाई समानुपातिक रुपमा आगडि लग्नुपर्ने आवश्यकता औंल्याउन भयो। विद्यमान अराजक परिस्थिति र मनमानी प्रवृत्तिले गर्दा राज्य नै कमजोर बन्न पुगेको चर्चा गर्दै उद्योगपति, श्रमिक, सरोकारवाला संस्थाका प्रतिनिधि तथा सरकारले तथ्य वस्तुस्थिति बुझी सम्बद्ध सबैको हित उन्मूख कदम चाल्नपर्ने बताउँदै श्रमिक समस्या निराकरणका लागि आफ्नो पार्टीको तर्फबाट सकारात्मक सहयोग गर्ने बताउनु भयो।     

 

 

देवराज बज्राचार्य

सहायक सचिव