Circulars
Export Stastics
Subscribe Newsletter

Your Email


   
Press Releases
Details of Press Release

नेपाल हस्तकला महासंघको आयोजना तथा औद्योगिक उर्जा व्यवस्थापन आयोजनाको सहयोगमा यस महासंघ अन्तर्गत नेपाल सरकारको सहयोगमा संचालित पुल्चोक, ललितपुरस्थित हस्तकला डिजाइन तथा बिकास केन्द्रमा मिति २०६६ आषाढ १४ गतेदेखि २० गतेसम्म आधारभूत ग्याँस वेल्डिङ्गको प्रशिक्षण संचालन हुने भएको छ। २०६६ आषाढ १४ गते यस महासंघका द्धितीय उपाध्यक्ष श्री हेमरत्न शाक्यको प्रमुख आतिथ्यमा एक कार्यक्रम बीच सो प्रशिक्षणको शुभारम्भ गरियो। उक्त प्रशिक्षणमा धातु मूर्तिकला बिधामा कार्यरत १५ जना मूर्तिकारहरुको सहभागी गरिरहेको छ। जसमध्ये २ जना महिला मूर्तिकारहरु पनि रहेका छन्। 

 

प्रशिक्षण शुभारम्भको क्रममा स्वागत मन्तव्य राख्दै महासंघका द्वितीय उपाध्यक्षले धातुमूर्ति तथा धातु कला उद्यमी व्यवसायीहरुमा ग्याँस वेल्डिङ्ग सम्बन्धी सीप प्रदान गरी धातुमूर्ति तथा धातुकला वस्तु उत्पादन गर्दा विग्रने, प्वाल पर्ने तथा हुनसक्ने अन्य खरावीहरुको निराकरण गरी उत्पादकत्व वृद्धिमा सक्षम तुल्याउन प्रस्तुत कार्यक्रमको आयोजना गरेको बताउनु भयो। यस अवसरमा मन्तव्य व्यक्त गर्दै प्रशिक्षणका श्रोत व्यक्ति एवं औद्योगिक उर्जा व्यवस्थापन आयोजनाका प्रमुख श्री कमल मानन्धरले मूर्तिकला व्यवसायमा ग्याँस वेल्डिङ्गको महत्व र उपलब्धिबारे चर्चा गर्दै उर्जाको सहि उपयोग र काम गर्दा सुरक्षाको उपायहरुमा ध्यान दिनुपर्नेमा जोड दिनुभयोे। यसैगरी यस महासंघका धातुमूर्तिकला वस्तु बिकास समितिका सभापति श्री सिद्धि रत्न शाक्यले कार्यक्रमको महत्व र उद्देश्यबारे चर्चा गर्दै वर्तमान परिपे्रक्ष्यमा यस क्षेत्रमा संलग्न उद्यमी, कलाकार तथा व्यवसायीहरुमा ग्याँस वेल्डिङ्ग सीप अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। यस क्रममा उहाँले धातुमूर्ति एवं धातुकला र वेल्डिङ्ग सीपबीच अन्तर सम्बन्ध रहेको बताउँदै वेल्डिङ्ग प्रविधिको प्रवेशबाट धातुमूर्ति एवं धातुकला व्यवसायलाई सहज बनाएको बताउनु भयो। अन्तमा यस महासंघका कार्य समिति सदस्य श्री शम्भुगोविन्द ताम्रकारले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने सहभागी संस्था, श्रोतव्यक्ति, सहभागी र अन्य सम्बन्धी सबैमा धन्यवाद ज्ञापन गर्नु भयो। 

 

 

देवराज बज्राचार्य

सहायक सचिव