Circulars
Export Stastics
Subscribe Newsletter

Your Email


   
Press Releases
Details of Press Release

प्रेस विज्ञप्ति

 

स्वरोजगार कोषबाट रोजगारमूलक प्रशिक्षण संचालन हुने

 

नेपाल सरकारको स्वरोजगार कोषबाट हस्तकला क्षेत्रका विविध विधाका रोजगारमूलक प्रशिक्षण संचालन गर्ने बारेमा यस महासंघका पदाधिकारीहरु, पूर्व मन्त्री तथा सभासद श्री जनार्दन शर्मा प्रभाकर तथा सभासद जुनुकुमारी रोका, स्वरोजगार कोषका सदस्य सचिव श्री रणबहादुर श्रेष्ठ एवं कोषका अन्य कर्मचारी बीच महासंघमा आज छलफल भयो। 

 

उक्त अवसरमा महासंघका अध्यक्ष श्री पुष्करमान शाक्यले स्थानीय कच्च पदार्थ, श्रम र सीपको उपयोगबाट देशका ग्रामीण श्रेत्रसम्म विभिन्न किसिमका हस्तकला बस्तुको उत्पादन गरी स्वरोजगार बन्ने प्रशस्त सम्भावना भएकोले कोषले यस क्षेत्रलाई उच्च प्राथमिकता दिनु पर्ने बताउनु भयो। उहाँले हस्तकला उद्योग व्यवसायको अवलम्बनबाट विदेशमा गई रोजगारी प्राप्त गर्नु पर्ने युवाहरुकोे बाध्यतालाई निराकरण गरी स्वदेशमै रोजगार उपलब्ध हुने अवस्था रहेको तर्फ जोड दिनु भयो । उहाँले हस्तकला क्षेत्रमा कार्यरत जनशक्ति श्रमिक नभई उद्यमी भएको र उनीहरुले हाल नेपाल सरकारले निर्धारण गरेको न्यूनतम वेतन भन्दा कैयौं गुणा बढी आय आर्जन गरिरहेकोले यस क्षेत्रमा राजनीतिक पार्टीका भातृ संगठनको रुपमा रहेका टे्रड युनियनहरुले अनावश्यक झमेला दिनु नहुने तर्फ सम्बन्धित पार्टी र सरकारको ध्यानाकर्षण गर्नु भयो। 

 

सो अवसरमा पूर्व मन्त्री तथा सभासद श्री जनार्दन शर्मा प्रभाकरले देशमा व्यवसायिकता र विधिको शासन भएमा देशले विकासको फड्को मार्न समय नलाग्ने बताउदै रुकुममा प्राकृतिक रेशा र नेपाली कागजको प्रचुरता भएकोले ती कच्चा पदार्थबाट विविध हस्तकलाका सामान तयार गर्ने सीपमूलक प्रशिक्षणहरुको आवश्यकता रहेको बताउनु भयो। 

 

उक्त अवसरमा स्वरोजगार कोषका सदस्य सचिव श्री रणबहादुर श्रेष्ठले कोषबाट संचालन गर्न सकिने कार्यक्रमको बारेमा चर्चा गर्नु भएको थियो भने महासंघका प्रथम उपाध्यक्ष श्री विकासरत्न धाख्वा र पूर्व अध्यक्ष श्री इन्द्रबहादुर शाक्यले महासंघले संचालन गर्न सक्ने प्रशिक्षणहरु र हस्तकला विकासमा महासंघले गरेका कार्यहरुको बारेमा उल्लेख गर्नु भएको थियो।

 

 

ऋषिराज सुवेदी 

सहायक सचिव